• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिवारीको आमरण अनसनप्रति ऐक्यवद्धता जनाउँदै विद्यार्थीहरुले गरे प्रदर्शन

तिवारीको आमरण अनसनप्रति ऐक्यवद्धता जनाउँदै विद्यार्थीहरुले गरे प्रदर्शन

राजविराज, २१ मंसिर । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास कुमार तिवारीको आमरण अनसनप्रति समर्थन जनाउँदै सप्तरीका विद्यार्थीहरुले मङ्गलवार राजविराजमा प्रदर्शन गरेका छन् ।
student-rally-1तिवारी पटक–पटक ज्ञापन–पत्र तथा स्मरण–पत्र दिँदा पनि अस्पताल प्रशासनले वास्ता नगरेपछि उनले आमरण अनसनलाई निरन्तरता दिँदैआएका हुन् । अस्पताल परिसरमै रुखमुनि आमरण अनसन गर्दैआएका छन् । आफूले व्यक्तिगत स्वार्थकालागि नभई आम जनताको स्वास्थ्यजस्तो सम्वेदनशील सवाललाई लिएर आमरण अनसनको बाटो रोजेको उनले बताए । अञ्चल अस्पताल र मानव स्वास्थ्यप्रति राज्यपक्ष कति गम्भीर छन् भन्ने नियत प्रष्ट भएको बताउँदै तिवारीले भने ‘मैले कुनै ठूलो माग राखेको होइन, आम जनताको सवाललाई उठाएको हुँ, उक्त सवालहरुको सम्वोधन गर्नु पनि राज्यको दायित्य हो ।’
अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने, अस्पताल मूल गेट निर्माण हुनु पर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनु पर्ने, अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधीन भवनहरूको निर्माण कार्य अविलंब पुरा हुनुपर्ने, अस्पतालमा सरकारले उपलब्ध गराउने औषधीहरू सुची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ । यसैगरी आ.व. २०७२÷०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सो को खर्च विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको शेड्युल अनुसार आ.व.२०७२÷०७३ को विकास र साधारण शिर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आय–व्यय विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानविन हुनु पर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनु पर्ने जस्ता माँग लिएर आमरण उनले अनसनलाई निरन्तरता दिएका छन् ।student-rally-3