राजविराज, २० मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले आफूहरुको पार्टीलाई केही सामन्तहरुले मधेश विरोधी भनी दुष्प्रचार गरेर बदनाम गर्न खोजिरहेको बताएका छन् ।
पार्टी कार्यालयमा सोमवार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । राजनीतिक अधिकारकालागि आफूहरु विगतमा सँगसँगै आन्दोलन गरेका सहकर्मीहरुले वर्तमान अवस्थामा पनि निशेधको राजनीतिक गर्नु हास्यापद भएको बताउँदै उनले भने ‘विचारको आधारमा निशेधको राजनीति हास्यास्पद छ, नेकपा एमाले पार्टी मधेश विरोधी हो भनेर बदनाम गर्न खोजिरहेको छ, सर्वथा भ्रम सिर्जना गर्ने कुरा मात्र हो ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरुको पार्टीलाई कुनै पनि गतिविधि गर्न नपाउने भनी जारी गरिएको विज्ञप्तिप्राति टिप्पणी गर्दै भने ‘हामीहरु जिल्ला छोड्न तयार छौं तर मधेशवादी दलका नेताहरु जिल्ला वाहिर जान सक्छ कि सक्दैन, यो कुरा सोचोस्, हामी दङ्गा फँसाद चाहिरहेका छैनौं ।’ आफूहरु समृद्धि र विकासको पक्षमा रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको वकालत गर्ने पार्टी भएको बताए ।
देशभक्तहरुको पार्टी एमाले भएको दावी गर्दै मधेशमा जनता एमालेको पक्षमा रहे पनि जनमत समेतलाई कदर नगर्नु गैरलोकतान्त्रिक कार्य भएको बताए । ‘उनीहरु पनि आफ्नो विचार लिएर बढोस्, हामी पनि आफ्नो विचार लिएर अगाडि बढ्छौं’ नेता प्याकुरेलले भने ‘जनताले आफै रोज्नेछ कि को मधेश विरोधी हो ।’ संविधान कार्यान्वयनको चुनौती रहेको भन्दै आफूहरुको पार्टीले स्थानीय निकायको निर्वाचन गराएर संविधान कार्यान्वयन गर्न खोजिरहेको उनले बताए ।
जिल्ला अध्यक्ष गोविन्द न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री सत्यनारायण मण्डल, केन्द्रीय नेता रामप्रित पासवानलगायतले सम्वोधन गरे ।
भिडिओ