• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशको सवालमा नसच्चिएसम्म सप्तरीमा एमालेलाई वहिष्कार

मधेशको सवालमा नसच्चिएसम्म सप्तरीमा एमालेलाई वहिष्कार

राजविराज, १९ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले नेकपा एमाले मधेशका सवालहरुमा स्पष्ट र सकारात्मक परिवर्तन नआएसम्म उक्त पार्टीको जुनसुकै कार्यक्रम निषेध गर्ने निर्णय गरेको छ ।
मोर्चाका संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । एमालेको कुनै पनि तहको जुनसुकै कार्यक्रमलाई निषेध गर्न विज्ञप्तीमा मार्फत मण्डलले मोर्चा आवद्ध दलका नेता कार्यकर्तालगायत सबैमा आग्रह गरेको छ । madheshi-morcha-2
मधेश आन्दोलन तथा त्यस पश्चात मधेश र मधेशीको सवालमा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत पार्टीका नेताहरुले अभिव्यक्त गर्दै आएका नैराश्यतापूर्ण अभिव्यक्तिहरुले मधेशको भावनामाथि कुठाराघात गरेको विज्ञप्तिमा जनाईएको छ । ‘मधेश आन्दोलनलाई पटक–पटक अपव्याख्या गर्ने, आन्दोलनलाई बदनाम गर्ने÷गराउने, मधेशीहरुको मान प्रतिष्ठा हनन् गर्ने खालका अभिव्यक्तिहरु अझैं पनि एमाले नेतृत्व पंक्तिबाट आउन रोकिएको छैन’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘लाखौ मधेशीहरुको संलग्नतामा जारी रहेको आन्दोलनलाई बैदेशिक हस्तक्षेप लगायत विभिन्न प्रकारका दुश्प्रचार गर्दै वदनाम गर्ने गराउने कार्य सरकारवाट बाहिरिए पनि एमाले नेतृत्वले रोकेको छैन ।’
करिब वर्ष यता नेकपा एमाले मधेशको सवाल देखाएको व्यवहारले उक्त पार्टी मधेश विरोधी रहेको हाम्रो ठहर गर्दै मोर्चाले मधेशको भुमिमा आएर मधेश र मधेशीलाई अपमानित तुल्याउने कार्य, मधेश आन्दोलनलाई बदनाम गर्ने÷गराउने कार्य, मधेशी सहिदहलाई अपमानित गर्ने कार्य आफूहरुबाट कदापि मान्य नहुने जनाईएको छ ।madheshi-morcha-3
‘घोर मधेश विरोधीको रुपमा आफुलाई अघि सारेको नेकपा एमाले पार्टीको जुनसुकै कार्यक्रमलाई सप्तरीमा निषेध गर्ने निष्कर्षमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पुगेको छ’ संयोजक मण्डलद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ‘आजकै मितिदेखि एमालेले आफ्नो रबैया नसुधारेसम्म त्यस पार्टीको कुनै पनि कार्यक्रम सप्तरीमा हुन नदिने निर्णय समेत मोर्चाले गरेको छ ।’ बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका सह–महामन्त्री जयप्रकाश ठाकुर, केन्द्रीय सदस्य अमरकान्त झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रादेशिक समितिका मुख्य सचिव शम्भु झा, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेशकुमार यादव, फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विशेश्वर यादव, तमलोपा सप्तरीका अध्यक्ष रामपृत यादव, राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष सतिश सिंह, फोरम गणतान्त्रिक सप्तरीका अध्यक्ष हरेराम यादव, संघीय समाजवादी फोरम सप्तरीका सचिव उमेश यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, केन्द्रीय सदस्य शम्भु यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रेस विज्ञप्ति

मिति ः २०७३÷०८÷१९
प्रेस विज्ञप्ती
पछिल्लो जारि मधेश आन्दोलन तथा त्यस पश्चात मधेश र मधेशीको सवालमा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत पार्टीका नेताहरुले अभिव्यक्त गर्दै आएका नैराश्यता पुर्ण अभिव्यक्तिहरुले मधेशको भावना माथि कुठाराघात गरेको छ । मधेश आन्दोलनलाई पटक पटक अपव्याख्या गर्ने, आन्दोलनलाई वदनाम गर्ने÷गराउने, मधेशीहरुको मान प्रतिष्ठा हनन गरिने खालका अभिव्यक्तिहरु अझै पनि एमाले नेतृत्व पंक्तिवाट आउन रोकिएको छैन । लाखौ मधेशीहरुको संलग्नतामा जारी रहेको आन्दोलनलाई बैदेशिक हस्तक्षेप लगायत विभिन्न प्रकारका दुस्प्रचार गर्दै वदनाम गर्ने गराउने कार्य सरकारवाट बाहिरिए पनि एमाले नेतृत्वले रोकेको छैन । समग्रमा भन्नु पर्दा पछिल्लो एक÷डेढ वर्ष यता नेकपा एमाले मधेशको सवाल देखाएको व्यवहारले उक्त पार्टी मधेश विरोधी रहेको हाम्रो ठहर छ ।
मधेशको भुमिमा आएर मधेश र मधेशीलाई अपमानित तुल्याउने कार्य, मधेश आन्दोलनलाई बदनाम गर्ने÷गराउने कार्य, मधेशी सहिदहलाई अपमानित गर्ने कार्य हामिलाई कदापि मान्य हुँदैन । तसर्थ घोर मधेश विरोधीको रुपमा आफुलाई अघि सारेको नेकपा एमाले पार्टीको जुनसुकै कार्यक्रमलाई सप्तरीमा निषेध गर्ने निष्कर्षमा संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा पुगेको छ । आजकै मिति देखि एमालेले आफ्नो रवैया नसुधारे सम्म त्यस पार्टीको कुनै पनि कार्यक्रम सप्तरीमा हुन नदिने निर्णाय समेत मोर्चाले गरेको छ ।
संयुक्त लोकतान्त्रीम मधेशी मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा मिति २०७३ मंसिर १९ गते बसेको बैठकले नेकपा एमाले पार्टीको मधेशका सवालहरुमा स्पष्ट र साकारात्मक परिवर्तन नआए सम्म उक्त पार्टीको जुनसुकै कार्यक्रम निषेध गर्ने निर्णाय गरिएको यसै विज्ञप्ती मार्फत सवैमा जानकारी गराईन्छ । साथै नेकपा एमालेको कुनै पनि तह तपको जुनसुकै कार्यक्रमलाकई निषेध गर्न यसै विज्ञप्तीमा मार्फत मोर्चा आवद्ध दलका नेता कार्यकर्ता तथा अन्य सवैमा आग्रह गर्दछौ ।
बैठकमा तराई मधेश लोकतान्त्रीक पार्टीका सह महामन्त्री जयप्रकाश ठाकुर, केन्द्रीय सदस्य अमरकान्त झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, संघिय समाजवादी फोरम नेपाल तराई मधेश प्रादेशिक समितिका मुख्य सचिव शम्भु झा, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेशकुमार यादव, फोरम गणतान्त्रीकका केन्द्रीय सदस्य विषेश्वर यादव, तमलोपा सप्तरीका अध्यक्ष रामपृत यादव, रामसपा सप्तरीका अध्यक्ष शतिश सिंह, फोरम गणतान्त्रीक सप्तरीका अध्यक्ष हरेराम यादव, संघिय समाजवादी फोरम सप्तरीका सचिव उमेश यादव, विद्यार्थि मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, केन्द्रीय सदस्य शम्भु यादव सहितकाहरुको उपस्थिती रहेको थियो ।

अमरनाथ मण्डल
संयोजक
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरी