राजविराज, १७ मंसिर । नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरीले वैवाहिक अङ्गीकृत नागरिकताधारीलाई अधिकारबाट बञ्चित गर्न नमिल्ने बताएकी छिन् ।
राजविराज स्थित नेपाल सद्भावना पार्टी कार्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएकी हुन् । संशोधन प्रस्तावमा नागरिकताको सवालमा विभेदकारी रहेको बताउँदै उनले भनिन् ‘वैवाहिक सम्वन्धको आधारमा अङ्गीकृत नागरिकता दिने तर अधिकारको नाममा हात बाँधेर दिईने नागरिकताको औचित्य छैन ।’
उनले वैवाहिक अङ्गीकृत नागरिकलाई समानताको हक सुनिश्चित हुनुपर्नेमा जोड दिईन् । मधेश र मधेशीको पहुँच र प्रतिनीधित्व नहोस् भन्ने मनशासयाबाट तीन ठूला दलले विभिन्न बहानामा वितण्डा मच्चाईरहेको उनले आरोप लगाईन् । नागरिकता सम्वन्धि वर्तमान व्यवस्था पञ्चायती कानूनभन्दा पनि कठोर रहेको सद्भावना अध्यक्ष गिरीले तर्क गरिन् । कथित राष्ट्रवादको नाममा मधेशीलाई अहिले पनि अधिकारबाट बञ्चित राख्ने षडयन्त्र भईरहेकोले यसतर्फ आम मधेशी जनता सचेत रहनुपर्नेमा गिरीले जोड दिईन् ।
हालै ल्याईएको संशोधन प्रस्ताव भारतको प्रभावमा आएको दावी गर्दै उनले भनिन् ‘वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव त्यसै आएको होइन, दक्षिणको प्रभावलाई स्वीकारेर ल्याईएको हो ।’ पश्चिममा कैलाली र पूर्वमा मोरङ्ग र सुनसरीलाई मधेश प्रदेशमै राखिनुपर्ने नेतृ गिरीले भनिन् ‘कुनै पनि विवादलाई सहमतीमा टुङ्गो लगाउँदा गिभ एण्ड टेक स्वाभाविक हो, त्यसैले झापा र कञ्चनपुरलाई पहाडसँग जोड्दा हुन्छ ।’
पार्टीको आधिकारिकतबाारे नेतृ गिरीले आफू अनिल झासँग एकता गरे पनि उनले पार्टीमा एकलौर्टी वर्चश्व जमाउने ढङ्गले अगाडि बढेका कारण महाधिवेशनमा समेत भाग नलिएको प्रष्ट पारिन् । पार्टीको आधिकारिकतबाारे अदालतमा मुद्दा चलिरहेको उनले बताईन् ।