• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संशोधन प्रस्ताव संशोधन नगरिएसम्म मोर्चालाई मान्य हुँदैनः नेता सोनल

संशोधन प्रस्ताव संशोधन नगरिएसम्म मोर्चालाई मान्य हुँदैनः नेता सोनल

राजविराज, १७ मंसिर । तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संशोधन प्रस्तावमा संशोधन नगरिएसम्म संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई मान्य नहुने बताएका छन् ।
राजविराजमा शुक्रवार सञ्चाकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । संशोधन प्रस्ताव आउनु सकारात्मक भए पनि यस प्रस्तावबाट आफूहरुले राखेको माग सम्वोधन नहुने बताउँदै उनले भने ‘संशोधन प्रस्तावमा संशोधन नगरिएसम्म संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई मान्य हुँदैन ।’
मोर्चाले अघि सारेका मुद्दाहरुलाई पूर्ण रुपमा सम्वोधन नभए सशक्त आन्दोलनको आवश्यक रहेको नेता सोनलले बताए । ‘यथास्थितिमा संशोधन प्रस्ताव औचित्यहिन हुनेछ’ उनले भने ‘राजनीतिक दलहरु बीचको खिंचातानीको अवस्थाले मधेशको मुद्दा सम्वोधन हुने अवस्था नरहेकोले सशक्त आन्दोलन बाहेक अर्को विकल्प छैन ।’
वैवाहिकको आधारमा दिईने नागरिकतालाई वंशज सरह मान्यता दिनुपर्नेमा जोड दिँदै उनले अङ्गीकृत नागरिकताको विषयमा आफूहरु स्पष्ट रहेको उनले बताए । मोर्चाको विषयमा भ्रम फिँजाउने काम भईरहेको बताउँदै महामन्त्री सोनलले भने ‘अङ्गीकृत नागरिकलाई राष्ट्रप्रमुख बन्न पाउने हाम्रो माग होइन, वैवाहिक नागरिकतालाई वंशज सरह मान्यता दिई सोही अनुसारको हक अधिकार पाउनुपर्ने हाम्रो मान्यता हो ।’