• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एसपी लोहनी विरुद्ध सप्तरीका पत्रकारहरुद्वारा प्रदर्शन

एसपी लोहनी विरुद्ध सप्तरीका पत्रकारहरुद्वारा प्रदर्शन

राजविराज, १७ मंसिर । पत्रकारमाथि प्रहरी उपरीक्षक दिवेश लोहनीले गरेको कुटपीट विरुद्ध नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शुक्रवार राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
गत शनिवार योगगुरु रामदेवको समाचार संकलन गर्न छिन्नमस्ता मन्दिर पुगेका चन्दन यादवसहितका पत्रकारहरुलाई हातपात गर्दै दुव्र्यबहार गरेको घटना विरुद्ध सप्तरीका पत्रकारहरुले राजविराजमा विरोध प्रदर्शन गरेका हुन् । राजविराज जेसिजबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा पश्चात हरिनन्देश्व महादेव महादेव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो । उक्त सभामा बोल्दै महासंघका कार्यवाहक श्रवण देवले प्रहरी उपरीक्षक लोहनीको सरुवा नभएसम्म आन्दोलन जारी रहने बताए ।patrakar-julush-saptari-1
यस अघि महासंघका पूर्व अध्यक्ष, पार्षद् कार्यसमिति सदस्यसमेतको सहभागितामा बसेको बैठकले शनिवार विहान ८ बजे प्लेकार्डसहितको र्याली प्रदर्शन गर्ने तथा आइतवार मैनवती जुलुससहित प्रदर्शन र पेशागत संघ–सङ्गठनहरुसँग बृहत अन्तरक्रिया आन्दोलनलाई सशक्त बनाउने निर्णय गरिएको कार्यवाहक अध्यक्ष देवले जानकारी दिएका छन् ।
महासंघले चार दिनअघि प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई समेत एसपी लोहनीको सरुवाको माग गर्दै ४८ घण्टे अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका थिए ।