• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशी जनतालाई धोखा दिने प्रयास भए चुप लागेर नबस्नेः डा. राउत

मधेशी जनतालाई धोखा दिने प्रयास भए चुप लागेर नबस्नेः डा. राउत

काठमाण्डौ, १४ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले मधेशी जनताले दिएको शहादत र बलिदानीलाई पुनः कसैले विक्री गर्दै कुनै पनि पक्षबाट मधेशी जनतालाई धोखा दिने प्रयास भयो भने मधेशी जनता अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
काठमाडौं स्थित मधेश मिडिया हाउसमा मङ्गलबार आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । राष्ट्रिय मानवअधिकार आयोगले अझंै पनि आफूहरुमाथि भइराखेको दमनको वेवास्ता गरे पहिलो चरणको रुपमा आयोगका कार्यालयहरुमा अगाडि शान्तिपूर्ण धर्ना दिइने, सो क्रममा एक वर्ष भित्रमा आफूहरुमाथि कुनै शान्तितपूर्ण बैठक गरेको वा पर्चा बोकेकै आरोपमा ४० भन्दा बढी राज्यविप्लवको मुद्दा दायर गरिएको कुराको उल्लेख गर्दै तानाशाही राणाकाल वा राजतन्त्रमा समेत यति हदसम्म जनतालाई शायदै दबाइएको उनले दाबी गरे । ‘यातना दिनुस, तर त्यो हदसम्म मात्रै जहाँसम्म शान्तिपूर्ण मार्गमाथि हाम्रो आस्था कायमै रहोस’ भन्दै डा. राउतले नेपालमा कस्तो लोकतन्त्र र गणतन्त्र हो भनेर प्रश्न गरे । राज्यको शैलीले सिङ्गो लोकतन्त्रकै चरम उपहास भएको उनले दाबी गरे ।ck-raut-ktm-1
मंसीर १० गते गठबन्धनद्वारा मनाइएको ’रंगभेदी विरोध दिवस’ को अवसरमा भएका प्रहरी दमनका बारेमा प्रकाश पार्न आयोजित प्रेस–सम्मेलनमा गठबन्धनका सहजकर्ता चन्दन सिंहले रङ्गभेदी दिवस मनाउने दिन मधेशका जिल्लाहरुमा २०० भन्दा बढी गिरफ्तारी र दमनको विषयमा बताए । बाँके प्रहरीको हिरासतमा त्यहाँका एसपी टेक बहादुर राईको निर्देशनमा नाम थाहा नभएको प्रहरी हवल्दार र प्रायः लागु औषध मुद्दामा थुनामा रहेका अन्य थुनुवाहरु लगाएर बाँसको लठ्ठी र प्लास्टिकको पाइपले सयकडौं पटक हिर्काएर चरमयातना भोगेका गठबन्धनका प्रवक्ता अब्दुल खान, हरपाल सिंह, इरफान शेख र राम मनोहर यादव पनि घाइते भई हिँडडुल गर्न समस्या रहेको अवस्थामै पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।
यसैगरी बाँके प्रहरीको हिरासतमा दिइएको यातनाका विषयमा प्रवक्ता अब्दुल खानले प्रकाश पारे । पत्रकार सम्मेलन पश्चात गठबन्धनका सह–संयोजक कैलाश महतोको नेतृत्वमा प्रहरी हिरासतमा चरमयातना भोगेका गठबन्धनका प्रवक्ता अब्दुल खान, हरपाल सिंह, इरफान शेख र राम मनोहर यादव लगायत गठबन्धनका अन्य समर्थकहरु राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुप राज शर्मालाई भेटेर ज्ञापन–पत्र बुझाएका छन् ।