• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मोर्चाले सप्तरीमा विथोले स्थानीय तह सम्बन्धी कार्यक्रम

मोर्चाले सप्तरीमा विथोले स्थानीय तह सम्बन्धी कार्यक्रम

राजविराज, १४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सप्तरीमा मङ्गलवार आयोजित स्थानीय तह सम्वन्धी कार्यक्रम विथोलेका छन् ।
जिल्ला विकास समिति महासंघ, नगरपालिका महासंघ र गाबिस महासंघद्वारा संयुक्त रुपमा जिल्ला सप्तरी सभाकक्षमा आयोजनामा गरिएको ‘स्थानीय तह सम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना’ कार्यक्रमलाई मोर्चाका नेताहरुले विथोलेका हुन् । कार्यक्रम सञ्चालन भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले नाराबाजी गर्दै विरोध जनाएका छन् ।
कार्यक्रमको ब्यानर समेत उखेलेर जिल्ला विकास समिति परिसरमै जलाएका छन् । मोर्चाको अवरोधका कारण आयोजकले कार्यक्रम स्थगन गरेका छन् । कार्यक्रमा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल, सद्भावना पार्टीका केन्द्रीय सत्यनारायण यादव, महिला नेतृ पूनम यादवसहित पार्टीका जिल्ला अध्यक्षहरुलगायतका नेताहरुले विरोध जनाउँदै कार्यक्रममा अवरोध पुर्याएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यसअघि समेत स्थानीय निकाय पुनर्संरचना सम्वन्धी कार्यक्रम बिथोलेका थिए ।morcha-saptari-2