• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तीन दलले देशलाई पुनः द्वन्द्वमा धकेल्ने काम गरिरहेको छः अध्यक्ष महतो

तीन दलले देशलाई पुनः द्वन्द्वमा धकेल्ने काम गरिरहेको छः अध्यक्ष महतो

परासी, १४ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रक्रियालाई तीन ठुला दलले ओझेलमा पार्ने चलखेल गरिरहेको आरोप लगाएका छन् ।
सदभावना पार्टी नवलपरासीले मङ्गलवार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । संविधान कार्यान्वयन नभए सम्पुर्ण उपलब्धिहरु समाप्त हुने खतरा रहेको बताउँदै उनले भने ‘तीन पार्टीले संघीयतालाई समाप्त गरी पुनःदेशलाई द्वन्द्वमा धकेल्ने काम गरिरहेको छ ।’
सरकार गठनको बेला मोर्चासँग भएको तीन बुँदे सम्झौता अनुरुप सरकारले संविधान संशोधन प्रस्ताव दर्ता नगराई अनावश्यक रुपमा मोर्चालाई बदनाम गर्ने कार्य गरिरहेको बताए । सरकारले समय सिमाभित्र संशोधन प्रस्ताव दर्ता गराओस्, त्यसपछि मोर्चाले आधिकारिक धारणा व्यक्त गर्ने महतोले जानकारी दिए । सरकारले मधेसी मोर्चाको माँगहरुलाई नजरअन्दाज गरी सम्वोधन नगरे देशमा ठुलो युद्ध हुने महतोले चेतावनी समेत दिए ।
सदभावना पार्टी नवलपरासीका अध्यक्ष विजय अग्रहरीको सहभापतित्वमा आयोजित पत्रकार सम्मेलनको सहजीकरण प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले गरे ।