• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तराई विकास केन्द्रद्वारा महावाणिज्य दूत अन्जु रञ्जनको विदाई

तराई विकास केन्द्रद्वारा महावाणिज्य दूत अन्जु रञ्जनको विदाई

वीरगञ्ज, १३ मंसिर । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत अन्जु रञ्जनलाई तराई विकास केन्द्रले सोमवार एक समारोहका बीच बिदाई गरेको छ ।
केन्द्रका अध्यक्ष रामबाबु यादवको नेतृत्वमा वीरगञ्ज दूतावास कार्यालयमा गएको टोलीले महावाणिज्य दूत अन्जुरन्जनलाई फुलगुच्छाले सम्मान गरी बिदाई गरेको हो । सो अवसरमा संस्थाका केन्द्रीय सल्लाहकार एवम् नेपाल सदभावना पार्टीका केन्द्रीय महासचिव शिव पटेल, ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे, एन्टी क्रप्सनका केन्द्रीय सदस्य भुपेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महावाणिज्य दूत अन्जु रञ्जनले दिएको माया कहिले नविर्सिने बताईन । उनले वीरगञ्ज बसाई आफनोलागि ऐतिहासिक भएको बताउँदै सम्मान गर्ने तराई विकास केन्द्रलगायत सम्पुर्ण संघ संस्थालाई धन्यवाद दिएका थिइन् ।