• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कांग्रेस सभापति देउवाद्वारा शिविर उद्घाटन

कांग्रेस सभापति देउवाद्वारा शिविर उद्घाटन

वीरगंज १२ मंसिर । वीरगञ्जको आदर्शनगर रंगशालामा जारी ५ दिने बृहत योग शिविरको आइतवार चौथो दिन नेपाली काग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
शिविरको उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले योगले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन अझ ठूलो भूमिका खेल्ने बताए । स्वस्थ र दीर्घ जीवनकालागि योग अति आवश्यक रहेको बताउँदै पतञ्जलीले वीरगंजमा उद्योग नै स्थापना गरेकोमा खुशी समेत व्यक्त गरे । राजधानी पछि पहिलो पटक वीरगंजमा भइरहेको योग शिविरमा भारतका चर्चित योगगुरु रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले सहभागीहरुलाई प्रशिक्षण दिईरहेका छन् ।
विहान ५ बजेदेखी शुरु भएको शिविरमा हजारौको संख्यामा बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन तथा भारतको सीमावर्ती सहर रक्सौल, सुगौली, रामगढवा लगायतका स्थानबाट सर्वसाधारणको सहभागिता रहेको छ ।