• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चैत्रमा स्थानीय निर्वाचनको सम्भावना छैनः डा. यादव

चैत्रमा स्थानीय निर्वाचनको सम्भावना छैनः डा. यादव

राजविराज, १२ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आगामी चैत्रमा स्थानीय निकायको निर्वाचन हुन नसक्ने सम्भावना नरहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय राजविराजमा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । केही राजनीतिक दलले अहिलेकै संरचनामा तथा केहीले नयाँ स्थानीय निकाय पुनर्संरचनामा चुनाव हुनुपर्ने तर्क राख्दैआएको चर्चा गर्दै उनले भने ‘निर्वाचनको विषयमा राजनीतिक दलहरु आफैमा कन्फ्युज छ, त्यसैले दुविधापूर्ण अवस्था छ ।’
२०७० को निर्वाचनमा समेत आयोगको १२० दिनको अभ्यासको अनुभव रहेको बताउँदै उनले चुनावकालागि न्यूनतम १२० दिन आवश्यक रहेको तर्क राखे । देश अहिले संक्रमणकालीन अवस्थामा रहेकाले दलहरु बीच सहमती आवश्यक रहेको बताउँदै उनले भने ‘ देशमा देखिएको समस्याको समाधान गरेर मात्र चुनावकालागि अगाडि बढ्नुपर्छ ।
देशको ठुलै जनसंख्या विदेशमा रहेको तथा उनीहरुको रगत र पसिनाले ठूलो योगदान दिईरहेको चर्चा गर्दै उनले भने ‘ विदेशमा रहेका युवाहरुको मताधिकार सुनिश्चित गर्न आयोग गम्भीर छ, उनीहरुको सुविधाकालागि अनलाइन सफ्टवेयर डेभलप भईरहेकोले विदेशबाट पनि मतदाताकालागि फारम भर्ने व्यवस्था मिलाउँदैछौ ।’ निर्वाचन अघि ऐनहरु बनाउनुपर्ने उल्लेख गर्दै यसतर्फ राजनीतिक दलहरु गम्भीर नरहेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताए ।