• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सांसद यादवले दलित बस्तीमा थाले शैक्षिक जागरण अभियान

सांसद यादवले दलित बस्तीमा थाले शैक्षिक जागरण अभियान

राजविराज, १० मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सांसद उमेशकुमार यादवले सप्तरीको दलित वस्तीमा शैक्षिक जागरण अभियान सञ्चालन गरेका छन् ।
सप्तरीको विषहरिया–९ का करिव १ सय दलित बालवालिकालाई सिलेट र पेन्सिल वितरण गरी अभियानको सुरुवात गरेका हुन् । विद्यालय वाहिर रहेका दलित वालवालिकालाई शिक्षाको मुल धारमा ल्याई विद्यालय जाने वातावरण तयार गर्ने उदेश्यले अभियान सुरु गरिएको पुर्व सिचाई मन्त्री समेत रहेका यादवले बताए । umesh-yadav-2
उनका अनुसार विद्यालय जाने उमेर पुगेका वालावालिका समेत घरमै वस्ने र उमेर छिप्पिदै गएपछि विद्यालय जान लाज मान्ने समस्याले अधिकांश दलित वस्तिको शैक्षिक अवस्था सुधार हुन नसकेकाले अभियान सुरु गरिएको छ । सानै उमेरदेखि वालवालिकालाई पढाईप्रति लगानशिल वनाउन आफुले अभियान सुरु गरेको यादवले वताए ।
‘सानो हुन्जेल वावुआमाले लाडप्यार गरेर विद्यालय जान दवाव नदिने, ठुलो भएपछि लाजले आफैं विद्यालय नजाने समस्या छ’ यादवले भने–‘कमसेकम घरमै सामान्य लेखपढ गराउन सके विद्यालय भर्ना भएर पनि लाजले विद्यालय छोड्नु पर्ने अवस्था आउँदैन ।’ उनले आर्थिक अवस्था कमजोर भएका कारण घर ब्यवहारमै अल्झिने कारणले पनि वालवालिकाले शैक्षिक वातावरण पाउन नसकेको वताए ।
मुसहरी टोलका विद्यालय जाने तथा नजाने गरी १ सय दलित वालवालिकालाई दिनको १ घण्टा पढाउन एक जना शिक्षकको समेत ब्यवस्था मिलाईएको वताए । ‘सामान मात्रै दिएर पुगेन मैले पढाउने शिक्षकको समेत ब्यवस्था मिलाएको छु, आशा छ यो प्रयासले वालवालिकामा पक्कै पनि केहि न केहि परिवर्तन ल्याउँछ ।’
राजविराज नगरपालिका तथा आसपासका गाविसका दलित वस्तिमा यो अभियानलाई निरन्तर संचालन गरी जानकारी दिएका उनले निकट भविष्यमै सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क कोचिङ्ग क्लास समेत सञ्चालन गरिने जानकारी दिएका छन् । यसै अभियान अन्तर्गत जिल्लाभरीका २५ जना विद्यार्थीलाई निशुल्क वेसिक कम्प्यूटर ट्रेनिङ्गको ब्यवस्था समेत मिलाईएको उनले बताए ।
मंसिर पहिलो सातादेखि ‘जनतासँग सांसद अभियान’ सुरु गरी जनताका वीचमा रहेका यादवले शिक्षाका अतिरिक्त आफु सांसदमा निर्वाचित भएपछि सुरु गरेका कामलाई निरन्तरता दिनुका साथै सरसफाई, ५० स्थानमा योग शिविर, वृक्षारोपण अन्तर्गत २५ हजार परिवारमा १ घर दुई विरुवा लगायतका कार्यक्रमलाई समेत अघि वढाएका छन् ।