• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अपडेटः डा. सिके राउतसहित मधेशका विभिन्न जिल्लाबाट २ सय ३५ जना पक्राउ

अपडेटः डा. सिके राउतसहित मधेशका विभिन्न जिल्लाबाट २ सय ३५ जना पक्राउ

राजविराज, १० मंसिर । रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा शुक्रवार मधेशका विभिन्न जिल्लाबाट स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सिके राउतसहित २ सय ३५ जना पक्राउ परेका छन् ।
पूर्व घोषित कार्यक्रम अनुसार गठबन्धनका संयोजक डा. राउतलाई धनुषाको जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा शिव चौकबाट पक्राउ गरिएकोे छ । जनकपुरको बाह्र बिघामा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै राउतसहित पक्राउ पर्नेहरुको सङ्ख्या ४२ रहेको छ । झापामा ७, मोरङ्ग २५, रौतहटमा ४०, पर्सामा १० जना, नवलपरासीमा १९, रुपन्देहीमा ८३ र कपिलवस्तुमा ९ गरी १९३ जना पक्राउ परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सम्पूर्ण जिल्लाहरुको विवरण आईनसकेका कारण पक्राउ पर्नेहरुको सङ्ख्या करिब ३ सय भन्दा बढी हुनसक्ने गठबन्धन श्रोतले जनाएको छ ।ck
मधेशका जिल्लाहरुमा आयोजित कार्यक्रमहरुमा प्रहरीले हस्तक्षेप गरे पनि अधिकांश जिल्लामा कार्यक्रम सम्पन्न भएको छ । सप्तरीमा सामान्य अवरोध भएको छ भने सुनसरीमा प्रहरीले हस्तक्षेप गरी कार्यक्रममा अवरोध पुर्याएका छन् । महोत्तरीमा प्रहरीको कडा सुरक्षाका बीच कार्यक्रम सम्पन्न भएको छ भने बारामा कार्यक्रम प्रभावित भएको तथा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ्गमा आयोजित कार्यक्रमबारे जानकारी आईनसकेको जनाईएको छ । सप्तरीको ग्रामिण भेगबाट कार्यक्रममा सहभागी हुन आउँदै गरेका सर्वसाधारण चढेको ट्रयाक्टर रोकेर मान्छे ओरालिदिएको गठबन्धन सप्तरीले जानकारी दिएको छ ।