राजविराज, ९ मंसिर । भारतमा ‘सलिस ओन लाइन मेगजिन’द्वारा सञ्चालित ‘बेस्ट फोटोग्राफर अफ द एअर अवार्ड २०१६ को सुचीमा सप्तरीको राजविराज निवासी सुरेश मुखिया परेका छन् ।
अन्तर्रास्ट्रिय स्तरमा हुन गईरहेको सो प्रतियोगितामा विश्वभरिका उत्कृष्ट १० मध्ये सुरेश मुखिया नेपालबाट एक्लो प्रतिष्पर्धी हुन् । सुरेश मुखियालाइ वेबसाइट (http://www.salisonline.in/Blog.aspx?BLOG_ID=963)मा गएर भोट गर्न सकिन्छ वा सुरेश मुखिया को फेसबुक पेजSSuresh MMukhiya मा गएर उनलाई भोट गर्न सकिन्छ । भोट गर्ने अन्तिम मिति 30th nov बिहान १० बजेसम्म रहेको जनाईएको छ । नेपालबाट छनौटमा परेका सुरेश राजविराज–३ निवासी तपेश्वर मुखिया र माला मुखियाका सुपुत्र हुन् । उनका माता–पिता माछा व्यवसायी हु्न् ।
छनौटमा परेकाहरुमा आयन समानता, वृन्दा तैलोर, ऋत्विका बेनर्जी, विजय अरुण, जुबै खान, मिस्बह अलि, कुनाल शर्मा, सुरेश मुखिया, प्रज्वल राजपुत र देबोजित चक्रबोर्टी रहेका छन् ।



