• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका प्रहरी उपरीक्षक ढकाललाई पत्रकार र युवाद्वारा सम्मान

सप्तरीका प्रहरी उपरीक्षक ढकाललाई पत्रकार र युवाद्वारा सम्मान

राजविराज, ७ मंसिर । सरुवा भएर जान लागेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीम प्रसाद ढकाललाई  नेपाल पत्रकार महासंघ शाखा सप्तरीको तर्फबाट सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देवले फूलको माला र अबीर लगाएर प्रहरी उपरीक्षक ढकाललाई सम्मान गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार अनिल अनल, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, उपाध्यक्ष देवसहितका पत्रकारहरुले प्रहरी उपरीक्षक ढकालले जिल्लामा गरेको सकारात्मक गतिविधिहरुबारे चर्चा गरे । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक ढकालले आफू विभिन्न जिल्लामा रहेर काम गर्दाको अनुभव सुनाउँदै सप्तरीका पत्रकारहरुले निष्पक्ष, ईमान्दार एवम् सकारात्मक कार्यहरुमा सहयोगी भावना अनुकरणीय रहेको बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय राजविराजमा मङ्गवार आयोजित एक कार्यक्रमका बीच युवाहरुले समेत विदाईसहित सम्मान गरेका छन् । सप्तरी युथ नेपालले आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रममा प्रहरी उपरीक्षक ढकाललाई खादा ओढाएर प्रशंसा पत्रसहित मायाको चिनो प्रदान गरिएको छ ।
सप्तरी युथ नेपालका संयोजक श्रवणकुमार देवले एसपी ढकाललाई खादा ओढाएर मायाको चिनो र प्रशंसा पत्र प्रदान गरेका छन् । कार्यक्रममा ढकालले आफू जहाँ गएपनि सप्तरीका युवाहरुको उदाहरणीय कामहरुलाई कहिल्यै नबिर्सने बताए । उनले आफू गएको ठाउँमा पनि युवाहरुलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
जिल्लाको शान्ति, सुरक्षा लगायत बिभिन्न गतिविधीमा युवाहरुले सघाएको योगदानको प्रसंशा गर्दै युवाहरुलाई साथ र सहयोग दिन प्रहरीलाई समेत आग्रह गरे । सप्तरी युथका संयोजक देवले राम्रा काम गर्नेलाई सम्मान गर्ने युवाहरुले अभियान शुरु गरेको जानकारी दिदैं यही अभियानको तहत सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।
सम्मान कार्यक्रममा सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की, सप्तरी युथ नेपालका अर्थ संयोजक बिष्णु यादव, सरसफाई इञ्चार्ज मोहन यादव, व्यवस्थापन संयोजक बिरेन्द्र मण्डलसहितका पदाधिकारीहरुको सहभागिता रहेको जनाईएको छ ।