• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विधुत चोरी गर्ने फेरी १४ जना पक्राउ

राजविराज, ६ मंसिर । सप्तरीमा प्रहरी र विधुत प्राधिकरणको संयुक्त टोलीले सोमबार विधुत चोरी गरी प्रयोग गर्ने १४ घर धनिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी फर्सैठ–५ का उपेन्द्र यादव, राजविराज नगरपालिका–९ का राधेश्याम यादव, डुमराहा–७ का तउवर सिंह, सुन्दर यादव, पत्थरगडा–२ का धिरेन्द्र चौधरी, भरी साह, पत्थरगाडा–५ का गोसाडी खत्वे, सत्य नारायण कुमार खङ्ग, पत्थरगाडा–२ क हिरा लाल साह, पत्थरगाडा–१ का तेजनारायण चौधरी, पत्थरगाडा–२ का राम प्रसाद धामी, पत्थरगाडा–२ का प्रमेश्वर साह, पत्थरगाडा–२ का रामनारायण साह तथा फर्सैठ–२ का राजा राम यादव छन् ।
उनीहरुलाई सोमबार दिउँसो विधुत प्राधिकरण राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुगमनमा निस्केको टोलीले पोलबाट हुकिङ्ग गरी विधुत चोरी गरेको अवस्थामा पक्राउ गरेका हुन् । पक्राउ परेका उनीहरु उपर विधुत प्राधिकरणबाट विधुत चोरी नियन्त्रण ऐन अन्तर्गत कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।