भोजपुर, ६ मंसिर । भोजपुर नगरपालिका ५ स्थित सदरमुकाम बजारमा आइतबार साँझ भीषण आगलागी भएको छ ।
स्थानीय थिर बहादुर विश्वकर्माको घरमा अपरान्ह पौने पाँच बजे अचानक आगलागी भएको थियो । विश्वकर्माको घरमा लागेको आगो सल्किदा नजिकै रहेको आठ जनाको घर तथा पसल जलेका छन् । आगोले थिरबहादुरसहित ओबिन विश्वकर्मा, लाल विश्कर्मा, बद्री राणा, गणेश श्रेष्ठ, फवि प्रधान, दाछिर्की शेर्पा र कल्पना दाहालको घर तथा सो घरमा रहेको ज्वेलर्स, कस्मेटिक, होटल तथा किराना पसलहरु जलेर नष्ट भएको छ ।
आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मिलेर पाँच घण्टाको प्रयास पछि नियन्त्रण गरिएको थियो ।
आगोले गरेको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।