मोरङ, ६ मंसिर । मोरङको डाईनियाँ–८ मा आइतबार मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन् ।
घाइते हुनेमा मोरङ गोविन्दपुर–५ बस्ने ५० बर्षिया माहावती ताजपुरीया रहेकी छिन् । ताजपुरियालाई साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ४ प ८९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी घाइते भएकी हुन् । घाइते ताजपुरीयाको न्युरो विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी कार्य भइरहेको प्रहरी चौकी डाईनियाले जनाएको छ ।