राजविराज, ५ मंसिर । झापाको शरणामती गाविस–४ स्थित रानी सामुदायिक वनमा आइतवार जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षकी झुमादेवी भट्टराई रहेकी छिन् । भट्टराईलाई आइतबार विहान जङ्गलमा घाँस दाउरा गर्न गएकी बेला ३–४ वटाको समुहमा रहेको जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।