• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधान संशोधनबाटै अधिकार सुनिश्चित हुन्छः पूर्व मन्त्री यादव

संविधान संशोधनबाटै अधिकार सुनिश्चित हुन्छः पूर्व मन्त्री यादव

राजविराज, ४ मंसिर । माओवादी (केन्द्र) का पोलिट व्युरो सदस्य उमेशकुमार यादवले संविधान संशोधनबाटै मधेशी, आदीवासी, जनजातिको अधिकार सुनिश्चित हुने बताएका छन् ।
राजविराजमा शनिवार आयोजित चित्रगुप्त सेवा ४५ औं साधारणसभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशको समस्या समाधान नगरी संविधान कार्यान्वयन हुन नसक्ने भन्दै अविलम्व सम्वोधन गरी देशलाई विकास एवम् समृद्धितर्फ डोर्याउनुपर्ने बताए । सांसद यादवले भने–‘संविधान संशोधनको विकल्प छैन्, अविलम्व हुनुपर्दछ ।’manis-suman
जनअधिकारकै लागि जनयुद्ध लडेको वताउदै यादवले मधेशीलाई अधिकार दिने काम पनि आफ्नै पार्टी नेतृत्वको सरकारको पालोमा पुरा हुने दावी गरे । पूर्व सिचाई मन्त्री यादवले सिंचाईका लागि आफना पालामा ठुलो रकम छुट्याइएको भएपनि अहिले सन्तोषजनक रुपमा काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय महासचिव मनिष कुमार सुमनले १० दिनभित्र संविधान संशोधनको प्रस्ताव दर्ता नगरिए आफुहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । उनले विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको प्रतिवद्धता कार्यान्वयनमा ढिलाई भईरहेकोले यस विषयमा सम्पूर्ण मधेशवादी दल र मधेशी जनता गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद यादव, समितीका पूर्व अध्यक्ष रामकृष्ण दास, रामवल्लभ लाल कर्ण, पुरस्कारदाता वैद्यनाथलाल कर्ण, सद्भावना पार्टीका महासचिव सुमन, सप्तरी उद्योग वाणिज्यका अध्यक्ष अरुण प्रधान, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, यादव सेवा समितिका अध्यक्ष प्रयाग यादव, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मनोज मुन्धडा, वरिष्ठ उपाध्यक्ष शंकरकुमार दास, जिल्ला विकास समिति सप्तरीका लेखा अधिकृत राजेश राज, मिलन डेरी उद्योगका राघव सिंह, शिवम् डेरी उद्योगका सुदामा सिंह, स्थानिय युवा उद्यमी सुनिल सिन्धी लगायतलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको छ । चित्रगुप्त सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो भने सञ्चालन सतिशकुमार दत्तले गरे ।