• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

घुम्टोवालीको कमाइ खाएर ठुल्लठुला कुरा नगर्नुस् महोदय

घुम्टोवालीको कमाइ खाएर ठुल्लठुला कुरा नगर्नुस् महोदय

हाम्रो संस्कार तिघ्रा देखाएर हिडने होइन । यदि त्यस्तै गरेर मात्र नियुक्ति पाइन्छ भन्ने चाहिन्न । घुम्टोभित्र पनि दक्षता, क्षमता र कावलियत हुन्छ महोदय । कति मधेसी महिलालाई नियुक्ति दिनु भएको छ अहिलेसम्म ? जो शिक्षित र जेहेन्दार छन् पालैपालो कुर्सीमा बसेकी हुन्, तपाईको कृपाले होइन ।
म दाबीका साथ भन्छु जुन दिन मधेसी महिला तपाईको पदमा पुग्नेछ, त्यो दिन तपाईको कामको कुनै चर्चा हुदैन । संविधानमा भएको कुरा मात्र इमान्दारितापूर्वक लागु गर्नोस, मधेसी महिला नियुक्ति लिन साडी लाएर पुग्ने हो कि जीन्स लाएर त्यसको चिन्ता तपाईलाई लिनु पर्दैन । महिला भएर महिलाको संस्कार र संस्कृति बुझ्न नसक्नेप्रति खेद व्यक्त गर्दछु ।

जनकपुरका सञ्चारकर्मी पुरन गुप्ताको फेसबुकबाट ।