• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रधानन्यायाधीश कार्कीको अभिव्यक्तिप्रति वीरगञ्जमा विरोध

प्रधानन्यायाधीश कार्कीको अभिव्यक्तिप्रति वीरगञ्जमा विरोध

बीरगञ्ज, ४ मंसिर । प्रधान न्यायाधीश सुशीला कार्कीले बुहारीलाई घुँम्टोभित्र राख्ने अनि समावेशीको कुरा गर्ने भनी राजविराजमा गरेको टिप्पणीको वीरगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले विरोध जनाएका छन् ।
संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले कुनै सम्प्रदाय वा क्षेत्रका संस्कृती–सभ्यताको बारेमा प्रधानन्यायाधीश कार्कीले दिएको अभिव्यक्ति मधेसको संस्कृतीमाथिको प्रहार भएको बताएका हुन् । न्यायालय अहिले पनि समावेशी हुन नसकेको अवस्थामा उनले गरेको टिप्पणी सच्याउनुपर्ने माग गरेका छन् ।forum-birgunj-1
प्रधानन्यायधिस जस्तो गरिमामय पदमा रहेकी कार्कीले मधेसका महिलाहरुको रितीरिवाजको बारेमा टिप्पणी गर्नु गलत भएको बताए । उनले भने ‘मधेसका महिलाहरु महारानी लक्ष्मीवाइका संस्कारबाट हुर्केका महिला हुन, आवश्यकता परे महारानी लक्ष्मीबाइ जस्तो हतियार उठाउन पनि जानेको छ ।’ बिरगञ्ज १५, मुर्ली वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष यादवले बिभिन्न पार्टी प्रतियाग गरेकी महिलाहरूलाई स्वागत गरेका छन् ।
कार्यक्रममा पुर्वमन्त्री तथा पार्टिका केन्द्रिय सदस्य करिमा बेगमले संवैधानिक अङ्गहरुमा महिलालाइ ३३ प्रतिशत मात्र राज्यले महिलाको अधिकार छुट्याकोमा त्यति प्रर्याप्त नभएकाले महिलाहरुको हकअधिकार सुनिश्चत गर्न ५० प्रतिशत आरक्षणको हुनुपर्नेमा जोड दिईन् । उनले महिलाहरुको हक अधिकारलाइ सुनिश्चित गराउनु पर्नेमा प्रधानन्यायाधीशले निश्चित क्षेत्र वा सम्प्रदायको रितीरिवाजको बारेमा टिप्पणी दिएर महिलाहरु बीच फुट ल्याउन खोजेको आरोप समेत लगाईन् । समय र परिस्थति अनुसार मधेसी महिलाहरु पनि घुँघट हटाएर आन्दोलनमा आएकोे बताउँदै आउने समयमा मधेसको राजनीतिमा मधेसी महिलाहरुको सक्रियता बढ्दै जानु सकारात्मक पक्ष रहेको उनले बताईन् ।
कार्यक्रममा संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष मिथिलेश सिंह, जिल्ला सदस्य सुनिता साह ,नेकमहम्द अन्सारी, घनशयाम गुप्ता ,सलाउद्दिन अन्सारी, नासिर खान, मुस्तकिम अन्सारी लगायतका पार्टीका नेताहरुले पार्टी प्रवेश गरेका महिलाहरुलाइ स्वागत गरेका छन् । कार्यक्रममा दुई सय महिला फोरम नेपालमा प्रवेश गरेका छन् । रेणु गुप्ता, रञ्जिता गुप्ता, अनु गुप्ता, नेहा महतो ,सोनी कुमारी सोनार सनिमा खातुन, मनिता चौधरी, रेणु तिवारी, सञ्जु देवी पासवान, मालती देवी लगायतले पार्टीमा प्रवेश गरेकी छिन् ।
यसैगरी बीरगञ्ज वडा नम्बर १५ मा महिला वडा कमिटी समेत गठन भएको छ । रञ्जिता गुप्ताको अध्यक्षतामा गठन भएको वडा समितिमा सजिता कुशवाहा उपाध्यक्ष, सचिवमा अम्बिका कुमारी, सह–सचिव सलिमा खातुन, कोषाध्यक्ष अमृता सहनी, सह–कोषाध्यक्ष बबिता कुमारी लगायत ३० सदस्यीय रहेको छ । पार्टि प्रवेश कार्यक्रमको सञ्चालन घनश्याम गुप्ताले सञ्चालन गरे ।