• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विभिन्न पार्टी परित्याग गरी सयौंको सङ्ख्यामा फोरम नेपालमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी सयौंको सङ्ख्यामा फोरम नेपालमा प्रवेश

बृजमान तामाङ्ग। विरेन्द्र बजार, ३ मंसिर । सप्तरीको नर्घोमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच विभिन्न पार्टी परित्याग गरी सयौ केन्द्रीय तथा स्थानी नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन ।
नेपाल हरियाली पार्टीका केन्द्रीय सदस्य रामाकान्त यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी सयौंको सङ्ख्यामा नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका हुन् । संघीय समाजवादी फोरम नेपाल नर्घोद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवम तराई मधेश प्रदेशका संयोजक रेणु कुमारी यादवले फूलमाला, अबिर लगाई पार्टीको सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराईन ।sanghiya-forum-2
संघीय समाजवादी फोरम नेपाल नर्घोका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष रेणु कुमारी यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एबम राजनितिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, सचिव उमेश प्रसाद यादव, सह–सचिव उपेन्द्र प्रसाद साहलगायत उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला सदस्य एवम् पार्टी प्रशिक्षण विभाग प्रमुख केदार यादव, जिल्ला सदस्य एवम् क्षेत्र नम्बर ४ का ईन्चार्ज शिवशंकर यादव, जिल्ला सदस्य सुरेन्द्र यादव, क्षेत्र नम्बर ४ का अध्यक्ष अमरनाथ यादवलगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । संघीय समाजवादी फोरम नेपाल क्षेत्र नम्बर ४ का सचिब बिरेन्द्र यादबले संचालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष राजेन्द्र प्रसाद यादवले गरे ।
कार्यक्रममा नेपाल हरियाली पार्टीका केन्द्रीय सदस्य रामाकान्त यादवको नेतृत्वमा १ सय १० जना, जगदेव यादवको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी ३५ जना र महाबीर यादवको नेतृत्वमा सद्भाबाना पार्टी परित्याग गरी ५० जना नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको आयोजकले जनाएको छ ।