• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगलागी हुँदा १७ लाख ३० हजार वरावरको क्षति

सुनसरी, ३ मंसिर । सुनसरीको भरौल–३ दल बहादुर राईको कुखुरा फारममा बिहीबार विद्युत सर्ट भइ आगलागी भएको छ ।
राती ११ बजेतिर फारमको विद्युत सर्ट भइ अचानक लागेको आगोले उनको ३ सय वटा कुखुराको चल्ला जलेर मरेका छन भने टिनको छानो भएको एकतले भन्साघर त्यस भित्र रहेको सम्पूर्ण सामान समेत जल्दा १५ लाख ८० हजार वरावरको क्षति भएको बताइएको छ । आगलागी स्थानीय प्रहरी, स्थानीय मानिस तथा दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
त्यस्तै तेह्रथुमको चुहानडाँडा–५ स्थित एक घरमा बिहीबार आगलागी हुँदा १ लाख ५० हजार वरावरको क्षति भएको छ । दिँउसो १२ बजेतिर भन्साकोठाबाट अचानक सुरु भएको आगोले उनको घर तथा घर भित्र रहेको सम्पूर्ण सामान समेत जल्दा १ लाख ५० हजार वरावरको क्षति भएको बताइएको छ । आगालागी स्थानीय प्रहरी र स्थानीय मानिसको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी चुहानडाँडाले जनाएको छ ।