सुनसरी, २ मंसिर । सुनसरीको छुट्टा–छुट्टै दुई स्थानमा बुधबार भएको आगलागीबाट १८ लाख ५० हजार वरावरको क्षति भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित सहदेव बराईलीको १ तले घरमा साँझ ५ बजेतिर खाना पकाउने क्रममा राईस कुकरको तार सर्ट अचानक आगलागी भएको हो । आगलागीबाट उनको घरभित्र भएको नगद २ लाखसहित सम्पूर्ण सामान समेत जल्दा १५ लाख वरावरको क्षति भएको छ भने नजिकै रहेको पदम बहादुर लिम्बुको घरमा समेत सामान्य क्षति हुँदा २ लाख वरावरको क्षति भएको बताइएको छ ।
आगलागी इलाका प्रहरी कर्यालय धरानबाट खटिएको प्रहरीको टोली, स्थानीयवासी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यता सुनसरीकै घुस्की–७ स्थित मुमताज मियाको गाई गोठमा अचानक आगलागी हुँदा गोठ मा भएको १ वटा गोरु, ३ वटा बाख्रा जलेर मरेका छन् भने अन्दाजी १ लाख ५० हजार वरावरको क्षति भएको छ । आगलागी स्थानीय प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।