• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शुरु भयो ‘घर–घरमे फोरम, जन–जनमे फोरम’ अभियान

शुरु भयो ‘घर–घरमे फोरम, जन–जनमे फोरम’ अभियान

राजविराज, १ मंसिर । मधेशीको अधिकार, पहिचान र अस्तित्व संरक्षण गर्ने उद्देश्यकासाथ सप्तरी क्षेत्र नम्वर– ३ मा ‘घर–घरमे फोरम, जन–जनमे फोरम’ अभियान सञ्चालन भएको छ ।
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एव्म केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहको नेतृत्वमा अभियान थालिएको हो । अभियानको पहिलो दिन बुधवार बोरिया गाविस वडा नम्वर ८ र ९ का जनताहरुको घर–घरमा नेता तथा कार्यकर्ताहरु पुगेका छन् ।
देशको वर्तमान परिस्थितिमा मधेशी जनताको अधिकार, पहिचान र अस्तित्व गुम्ने खतरालाई मध्यनजर गरी मधेशी समुदाय एकजुट भएर आफ्नो हक हितकोलागि आवाज बुलन्द गर्न अभिप्रेरित गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित अभियानको क्रममा नेता साहको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल सप्तरीका जिल्ला सह–सचिव उपेन्द्र साह, क्षेत्रिय इञ्चार्ज सुनिता साह, क्षेत्रिय अध्यक्ष नवनित झा, गाउँ कमिटि अध्यक्ष विन्देश्वरी मेहतालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । forum-abhiyan-1
अभियानका क्रममा विभिन्न पार्टिका दर्जनौ नेता तथा कार्यकर्ताहरु पार्टि परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेका निवर्तमान वडा अध्यक्ष रसुल्ला मन्सुरी समेत फोरम नेपालमा प्रवेश गरेका छन । यसैगरी नेकपा माओवादी केन्द्रका स्थानीय नेता धिरेन्द्र साहको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेता साहले अबीर लगाएर स्वागत गरेका छन् ।
प्रथम चरणमा सप्तरीको संसदिय निर्वाचन क्षेत्र नम्वर– ३ को सम्पूर्ण घरमा पुग्ने नेता साहले बताए । यसै क्रममा अभियान अन्तर्गत विहिबार राजविराज नगरपालिकाको वडा नम्वर–७ को शान्ती टोलमा जाने क्षेत्रिय अध्यक्ष नवनीत झाले जानकारी दिएका छन् ।