• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

योग गुरु स्वामी रामदेव मङ्सिर ११ गते नेपालको छिन्नमस्ता शक्तिपीठ आउने

योग गुरु स्वामी रामदेव मङ्सिर ११ गते नेपालको छिन्नमस्ता शक्तिपीठ आउने

राजविराज, २९ कार्तिक । भारतका प्रसिद्ध योग गुरु रामदेव स्वामी आगामी मङ्सिर ११ गते सप्तरीको छिन्नमस्ता आउने भएका छन् ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको दर्शन, योग र आउँदो चैत्रमा छिन्नमस्तामा आयोजना हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको महत्वबारे सम्वोधन गर्न योग गुरु रामदेव आउन लागेको उक्त शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार स्वामी रामदेवले शक्तिपीठमा हुने गरेको बली प्रथा न्युनिकरणका सम्वन्धमा शक्तिपीठ संरक्षण सम्वद्र्धन समितिका पदाधिकारी, पीठाधीश तथा पुजारीहरुसित समेत यसबारे छलफल गर्नेछन् ।
भारतको हरिद्वारबाट बीरगञ्ज पुगेपछि त्यहाँबाट हेलिकोप्टर मार्फत रामदेव छिन्नमस्ता आउने, १२.४५ बजे पूजाआजा गर्ने र सम्वोधन पछि १.३० बजे फिर्ता हुने कार्यक्रम रहेको पीठाधीश ठाकुरले जानकारी दिएका छन् । उनले कार्यक्रममा आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सबैमा आग्रह समेत गरेका छन् । लक्षचण्डी रुद्र महायज्ञ नेपालमा पहिलो पटक हुन गईरहेको हो ।