राजविराज, २८ कार्तिक । सप्तरी प्रहरीले अदालतबाट कैद भुक्तान भएका विभिन्न मुद्दाका फरार तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वन सम्बन्धि मुद्दाका फरार दुई सप्तकोशी नगरपालिका वडा नम्वर–४ का बलराम थापा र झापा गौरादह घर भई सोही ठाउँका पदम प्रसाद बास्तोला तथा चोरी मुद्दाका सप्तरीको काचन गाउँ विकास समिति–७ का नागेन्द्र यादव रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर र बोदेबर्साइनबाट खटिएको टोलीले आइतवार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका थापा र बास्तोला उपर जिल्ला अदालत सप्तरीबाट ४३ दिन तथा यादव उपर ४ दिन कैद र ५४ हजार रुपैया जरिवाना सजाय तोकिएको थियो । यस्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरले शनिबार साँझ सप्तकोशी नगरपालिका ७ बाट २० लिटर घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।