राजविराज, २८ कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर–४ मा आगोले जलेर मृत्यु भएको छ ।
शनिवार मध्यराती करिब दुई बजेको समयमा आगोमा जलेर ६० वर्षिय भुटकुन देवी रजकको आफ्नै घरमा बालिएको टुक्कीबाट ओछ्यानमा आगो लागेर मृत्यु भएको हो । एक्लै सुतिरहेको अवस्थामा ओछ्यानमा डिबिया ढलेर आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मुचुल्का तथा प्रारम्भिक कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याईएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।