• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सवारी दुर्घटनामा तीन घाइते

सिरहा, २९ कात्तिक । पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा शनिबार सवारी दुर्घटनाबाट तीन जना घाइते भएका छन् ।
सुनसरीको हरिपुर–१ स्थित पूर्व–पश्चिम लोकमार्गमा को ७ प २९०९ नम्बरको मोटरसाइकलले ठेलालाई ठक्कर दिँदा मोटरसाइकलका चालक सुनसरी छिटाहा निवासी श्याम कुमार सोनार र ठेला चालक सप्तरी हनुमानगर ७ बस्ने १७ वर्षिय नविन सरवरिया घाइते भएका छन् । दुबै घाइतेको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
त्यसैगरी सिरहाको सोठियाईन–६ मा नम्बर खुल्न नसकेको मोटरसाइकलबाट खसेर पछाडि सवार सोही स्थान बस्ने तनुकलाल यादव घाइते भएकी छिन् । घाइते महिलालाई उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान धरान लगिएको छ ।