• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
युवाहरुको सरसफाई अभियान ११ औ हप्ता पुरा

राजविराज, २७ कार्तिक । ‘सरसफाई तपाईको हातमा, हामी युवा तपाईको साथमा’ मूल नाराकासाथ सप्तरीका युवाहरुले सरसफाई अभियानलाई निरन्तरता दिएका छन् ।

युवाहरुले प्रारम्भ गरेको ५० हप्ते सरसफाई अभियान ११ औं हप्ता पुरा गरेको हो । ११ औं हप्ता शनिवार सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय अगाडिदेखि सिरहा रोडको गल्लीसम्म हुँदै राम मन्दिरसम्म पुगेर सरसफाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयदेखि दक्षिण सिरहा रोडसम्म निस्किएको गल्लीमा रहेको अत्यधिक फोहोर युवाहरुले सफा गरेका छन् । सरसफाईमा स्थानीय विकास अधिकारी सुदेव पोखरेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीसहित प्रहरीले समेत सघाएका छन् ।
युवाहरुले सरसफाई अभियान शुरु गरेपनि नगरपालिका कर्मचारीहरुले कुनै किसिमको सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन् । शुरुमा नगरपालिकाले फोहोर फ्याँक्न ट्याक्टर उपलब्ध गराए पनि पछिल्लो चार हप्ता यता ट्याक्टर समेत उपलब्ध नगराएको युवाहरुको आरोप छ ।