• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गाँजासहित एक पक्राउ

इलाम, २६ कात्तिक । इलामको समालबुङ–४ बाट प्रहरीले बिहीबार २ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४८ बर्षिय टंक गिरी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीको टोलीले उनलाई विशेष सुचनाको आधारमा साँझ ५ बजे पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।