• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

झापा, २५ कात्तिक । झापाको मेची नगरपालिका–१० हिकोलामोडमा बुधबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।
विहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे ७ प ८८६  नम्बरको मोटरसाइकलले बाटो क्रश गर्ने क्रममा पैदलयात्री पाँचथर घरभई हाल स्थानीय राजा होटलमा काम गर्ने ५५ वर्षिय चन्द्र बहादुर तामाङलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक समेत घाइते भएकाले दुबैको विर्तासिट्टी अस्पताल विर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।