• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजनीतिक दलको अवरोधले जिविस सप्तरीको गोष्ठी स्थगन

राजनीतिक दलको अवरोधले जिविस सप्तरीको गोष्ठी स्थगन

राजविराज, २४ कात्तिक । जिल्ला विकास समिति सप्तरीको बुधवार आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक समिक्षा गोष्ठी राजनीतिक दलहरुले अवरोधका कारण स्थगन भएको छ ।
जिल्ला विकास समितिको सभाकक्षमा बुधवार गोष्ठी शुरु भएपछि दलहरुले आफुहरुलाई जिविस र विषयगत कार्यालयहरुले गरेको कामको विवरण नदिएको तथा अनुगमन समेत नगराएको भन्दै विरोध गरेका थिए । दलहरुको विरोधका कारण गरेपछि करिब डेढ घण्टासम्म चर्काचर्की चलेको थियो ।
गोष्ठि सुचारु गर्ने प्रयास भएपनि दलहरुले उठेर नारावाजी गरेर अवरोध पुर्याएपछि स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलले गोष्ठि स्थगनको घोषणा गर्दै मंसिर १० गते पुनः समिक्षा गोष्ठीको मिति तय गरेका छन् ।
दलहरुले पहिला कामको पुर्ण विवरण उपलब्ध गराई अध्ययन गर्ने मौका दिनुपर्ने, भएका कामको अनुगमन गराउनुपर्ने माग गरेका थिए । पहिलो दिन जिविस अन्तर्गतका ६ वटा विषयगत कार्यालयले विवरण नै उपलब्ध नगराएपछि दलका नेता तथा कार्यकर्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।