दिपेन्द्र यादव
इनरुवा, २४ कार्तिक । आफ्ना सन्तानको नावालक परिचयपत्र बनाएर विदेश पलायन हुनेहरुको संख्या सुनसरी जिल्लामा बढ्दैगएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरी इनरुवाबाट चालु आर्थिक वर्ष २०७३÷०७४ साउन महिनादेखि कात्तिक महिनाको २४ गते सम्ममा ५७ जना नवालकहरुको परीचयपत्र बनाईएको छ । अमेरिका, सिंगापुर, साउदी अरव, मलेसिया, कुवेत, बहराइन, दुवै, हङकङ लगायतका देशमा विभिन्न कामकाजका आमाबाबुसँगै पढाइकालागि विदेशिएको जनाईएको छ ।
पढाईकालागि विदेश जान लागेका नेपाली नागरिकहरुको नेपालको नागरीकता बनाउने उमेर नपुगेका अधिकांश २ वर्ष उमेरदेखि १० वर्ष उमेर समूहका रहेको प्रशासन कार्यालयले जनाएको छ । नावालकलाई भारत बाहेकका मुलुकमा पासपोर्टको आवश्यकक्ता पर्छ र पासपोर्ट बनाउनकालागि आफ्नै आमाबाबु आफनै सन्तान हो भनेर स्थानिय गाउँ विकास समितिको कार्यालय, नगरपालिका र उपमहानगरपालिकाबाट जन्मदर्ता प्रमाण पत्र बनाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।
कानुनी प्रावधान अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीमा नाबालक परिचयपत्रकालागि निवेदनसहित आमा बाबुको नागरीकता फोटोकपी र विद्यार्थी भए शैक्षिक प्रमाण पत्रको फोटोकपी र जन्मदार्ताको फोटोकपी लगायतका कागजात पेश गरी नवालक परिचयपत्र बनाउने गरेका छन् ।
स्थानिय स्तरमा रोजगारी नपाई एक दशक अघि रोजगारीको शिलशिलामा मलेसिया गएका सुनसरी नरसिंह वार्ड नम्बर ३ का कमलदेव मेहताले मलेसियाको कोलालमपुर स्थित शहरमा इन्डोनेसियन नागरिकसँग वैवााहिक सम्बन्ध राखी उनले दुई छोरी र एक छोरा जन्माएका छन् । भने नेपाली नागरिकहरुले वैदेशिक रोजगारीकै शिलशिलमा प्रायः मलेसियामा मलेसियन, तामिल र चाइनिजसँग विवाह गरी बैधानिक तथा अबैधानिक तरिकाबाट बस्ने गरेको मलेसिया बाट फोन मार्फत स्थानिय युवाहरुले जानकारी गराएका छन् ।
यसैगरी मलेसियामा बैदेशिक रोजगारीमा गएका नेपालीहरुले विभिन्न कम्पनीमा कार्यरत भितनामी, इन्डोनेसियन, फिलिपिन्स लगायतका मुलुकका नागरीकहरुसँग प्रेम सम्बन्धसँगै बैवाहिक सम्बन्ध राख्ने गरेको र आफना घर परिवारसँग सम्पर्क विहिन समेत हुने गरेको समाचार स्रोतले जनाएको छ । घर परिवारसँग सम्पर्क विहिन बनेका युवाहरु विदेशमै सन्तान जन्माएर बस्ने गरेका छन् भने यता कतिपयले बालबच्चा सहित परिवार लिएर पढ्न र विदेशमै अन्य काम गर्नका स्वदेशको माया मारेर विदेश जाने गरेको नावालक परिचयपत्रको तथ्याङ्कले पृष्टि भएको छ ।