• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चोरीको सामानसहित दुई जना पक्राउ

राजविराज, २२ कार्तिक । सप्तरी प्रहरीले राजविराज नगरपालिका वडा नम्वर–७ का दिपेन्द्र कुमार यादवको घरबाट चोरी भएको गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुन–चाँदीका बिभिन्न गहना र नगदसहित चोरीमा संलग्न राजविराज नगरपालिका वडा नम्वर–७ का २२ वर्षिय सङ्गीत मेहतर र सप्तरीको ईटहरी विष्णुपुर गाउँ विकास समिति वडा नम्वर–८ कि २२ वर्षिय बेचन रामलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट सुनको शिरमा लगाउने शिरबन्दी एक थान, सुनको औंठी एक थान, चाँदीको बिछिया एक थान र चाँदीको ढिक्का २ थान र नगद ३ हजार ३ सय ९५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि चोरी मुद्धा अन्तर्गत म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।