मोरङ, २२ कात्तिक । मोरङको विराटनगर–२० दरैया बस्तीबाट प्रहरीले आइतबार लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–११ बस्ने २५ वर्षिय अनिल भुजेल रहेका छन् ।
दिउँसो २ बजेतिर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरीले शरीरको विभिन्न भागमा लुकाएर ल्याएको लागुऔषध लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।