मोरङ, २२ कार्तिक । मोरङको विराटनगर–१९ बैंक रोडस्थित पोखरीमा छठ पुजा गर्न गएका एक पुरुषको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर २० का बर्मा टोल बस्ने अन्दाजी ५० वर्षिय सागर राई नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । राई पुजा गर्नकालागि पोखरीमा हामफालेका थिए । लामो समयसम्म पोखरीबाट बाहिर ननिस्केपछि राईलाई इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी र स्थानीयवासीले खोजी गर्दा उनको शव फेला परेको हो ।