झापा, २२ कार्तिक । झापाको बाहुनडाँगीमा हात्तीको आक्रमणबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
घर नजिकै घाँस काट्न जाने क्रममा अचानक जंगली हात्तीले आक्रमण गर्दा वाहुनडाँगी–२ का अन्दाजी ६० वर्षीय मनहरी ढुङ्गेलको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै ढुङंगेलसँगै घास काट्न गएका सोही ठाउँका ६२ वर्षीय लम्वबहादुर प्रधान घाइते भएका छन् ।
घाइतेको दाहिने हातमा चोट लागेकोले स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।