• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
युवाहरुद्वारा पोखरीहरुमा सरसफाई

राजविराज, २० कार्तिक । सप्तरी युवा मुल समारोह समितिद्धारा संचालित ५० हप्ते सरसफाइ कार्यक्रम अन्तर्गत १० औं हप्ता राजविराज नगरपालिका स्थित भगवति मन्दिरको पोखरी तथा खर्साल पोखरीको सरसफाइ गरिएको छ ।
तराईको महत्वपुर्ण चाडको रुपमा रहेको छठ पर्वलाई मध्यनजर गर्दै युवाहरुद्धारा भगवती मन्दिर पोखरीको तथा खर्साल पोखरीको परिसर सरसफाइ गरेका हुन् । सो पोखरीहरुमा सरसफाइ गर्दा स्थानीयहरुले समेत युवाहरुलाई सघाएका छन् ।
युवाहरुद्धारा गरिएको उक्त सरसफाइ कार्यक्रम अन्र्तगत युवाहरुलाई आवश्यक सरसफाइका सामग्री अभावमा सरसफाइ गर्न कठिनाई भएको गुनासो युवाहरुले गरे । सरसफाइ तपाईको हातमा युवा तपाईको साथमा भन्ने मुलनाराको साथ जारी १० औं हप्ताको सरसफाइमा राष्ट्रिय मधेश समावादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, समाजसेवी प्रमोद यादव, सञ्चारकर्मी रामनारायण बिश्वाससमेतको उपस्थिति रहेको थियो ।
यसैगरी सप्तरी जिल्ला मुल समारोह समिति क्षेत्र नम्व ४ का संयोजक श्यामसुन्दर यादवको सयोजकत्वमा पातो बजारमा नेपाल प्रहरी र सशस्त्रको सहयोगमा सरसफाइ गरिएको सप्तरी युवा समूहका मोहन यादवले जानकारी दिएका छन् ।