• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हात्तीको आक्रमणबाट बैरवामा एक जनाको मृत्यु

श्यामसुन्दर पासवान
कञ्चनरुप, १९ कार्तिक । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ ।
सप्तरीको बैरवा वडा नम्वर–८ का ५० वर्षिय अलाउद्दीन खानको विहीवार राती हात्तीको आक्रमणबाट मृत्यु भएको हो । धान बाली सुरक्षाकालागि बनाएको छाप्रो (खोपडी)मा बसिरहेको अवस्थामा जङ्गली हात्तीले अचानक आक्रमण गरेका थिए । हात्तीले उनलाई लखेटेर सुँड तथा खुट्टाले कुल्चेर मारेको भगवती प्रसाद गुल्म सुरक्षा पोष्ट बदगामाले जानकारी दिएको छ ।
अलाउद्दीनसँगै रहेका अन्य दुई जना कृषक बैरवा–९ का ५२ वर्षिय अब्दुल शेख र सोही ठाउँका १५ वर्षिय सुरेश साफी भने भागेर ज्यान जोगाउन सफल भएका छन् । केही सातायता त्यसक्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदैआएको छ ।