मोरङ, १८ कात्तिक । मोरङको विराटनगर–५ स्थित नोबेल अस्पताल नजिकैबाट बुधबार प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरी–१ बस्ने ३१ बर्षिय अरुण मण्डल र सोही ठाउँका १८ बर्षिय घनशयाम रसाईली रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नाईट्रोसन ट्याबलेट २० पिस र लुपीजेसिक ४२ पिस बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।