सुनसरी, १८ कार्तिक । सुनसरीको चिमडी–३ मा मेलामा माईक छुटाउन खोज्दा करेन्ट लागेर बिहीबार एकजनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरी चिमडी–३ बस्ने ६० बर्षिय झोटी मेहता रहेको इलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । त्यसैगरी घाइतेहरुमा सुनसरी अमडुवा–२ का २८ बर्षिय प्रकाश यादव र सोही ठाउँका १९ बर्षिय बिजय ऋषिदेब रहेका छन् । बिहान करिब ९ बजे मेला उठाउने क्रममा बाँसमा झुण्ड्याइएको माईको तार छुटाउन खोज्दा सो बाँसले अचानक एघार हजार भोल्टको तार छोएपछि तीनै जनालाई करेन्ट लागेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर गम्भिर घाइते भएका मेहताको उपचारको क्रममा लाईफगार्ड अस्पताल बिराटनगरमा मृत्यु भएको हो । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।