अरुण कुमार
राजविराज, १६ कार्तिक । सप्तरीको बिकासमा यादव समुदायसहित अन्य जातजाती संघसंगठन एक जुट हुनुपर्ने सहभागीहरुले जोड दिएका छन ।
सोमवार सप्तरीको राजविराज ५ स्थित राधा कृष्ण मंदिरमा यादव सेवा समितिद्धारा २१ औ साधारणसभा तथा ८ औ महाधिवेसनको अवसरमा वक्ताहरुले यस्तो बताएका हुन् । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि क्षेत्र नम्वर ३ का सांसद एवम पुर्व सिंचाई मन्त्री उमेश यादवले सबै समुदायले सप्तरीको बिकासको लागि अगाडि बढनुपर्ने बताए ।
यादव समुदायको उत्थान र बिकासको लागि समेत सबै एक ढिका भएर अगाडी बढनुपर्ने बताउँदै यसको लागि आफु पनि सक्दो सहयोग गर्ने बताए ।सो कार्यक्रममा सहयोग पु¥याउने दुई सचारकर्मीसहित एक दर्जन ब्यक्तिलाई यादव सेवा समितिले समान्न गरेको छ ।
समानित हुनेमा सञ्चारकर्मी तर्फ मधेसवाणी साप्ताहिकका चन्दन यादव, गोरखापत्र दैनिकका माला कर्ण, लगायत जिल्लामा १२५ बर्ष पुगेका जेष्ठ नागरिक रधु भडखेर यादव, समाजसेबी सुकदेव यादव, जेष्ठ नागरिक महन्थी यादव,गायिका अन्जु यादवसहित एक दर्जन ब्यक्तिहरुलाई समान गरिएको सहभागी पत्रकार चन्दन यादवले जानकारीदिएका छन् ।
कार्यक्रम यादव सेवा समितिका अध्यक्ष परियाग यादवको अध्यक्षतामा सम्पन भएको थियो ।