• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गुलामीको दुई सय वर्षको अवसरमा जनतान्त्रिकले कालो दिन मनाउने

गुलामीको दुई सय वर्षको अवसरमा जनतान्त्रिकले कालो दिन मनाउने

राजविराज, १५ कार्तिक । ब्रिटिश ईष्ट इण्डिया कम्पनीद्वारा नेपालका तराईवासीलाई गुलाम बनाएको दुई सय वर्षको अवसरमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले आगामी मंसिर २३ गते कालो दिन घोषणा गर्दै तराई बन्दको घोषणा गरेको छ ।
मोर्चा(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतको अध्यक्षतामा हालै सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । आगामी ०८ दिसम्वर २०१६ को २००(दुई सय) वर्ष पुरा हुन गई रहेको भन्दै सोमवार जारी प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘०८ दिसम्वर, १८१६ तराई र तराईवासीहरुलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)को तेश्रो केन्द्रीय समितिको बैठकले ०८ दिसम्वर, २०१६ तदानुसार २३ मंसिर, २०७३ लाई ‘कालो दिन’ घोषणा गर्दै सो दिन ‘तराई बन्द’ गर्ने निर्णय गरियो ।’
बैठकमा वर्तमान परिस्थित र आगामी राजनैतिक, फौजी, सांगठनिक र संघर्ष सम्बन्धी योजनबारे गम्भीर र जिम्मेवारीपूर्ण वहस एवम् छलफल भएको जनाईएको छ । ‘०८ दिसम्वर, १८१६ का दिन चीनदेखि भय अव्रmान्त ब्रिटिश ईष्ट इण्डिया कम्पनीले नेपाललाई चीनको पक्षमा जान नदिनकोलागि हाम्रो मातृभूमि ‘तराई’का मेची नदीदेखि राप्ती नदीसम्मका भू–भाग मात्र स्मरण–पत्रको कुटिल चालद्वारा नेपाललाई दिएन, तराईवासीहरुलाई नेपालको गुलाम बन्न विवश पारियो ।’
स्मरण–पत्रको बूँदा –७ मा उल्लेख गरियो कि यदि किसानहरुको अतिरिक्त तराईवासीहरु मध्येबाट कुनै व्यक्ति सम्पति त्याग गरी कम्पनीको क्षेत्रमा बस्न चाहे भने उसको लागि कुनै अवरोध खडा गरिने छैन भन्ने कुरा उल्लेख रहेको जनाईएको छ । ‘स्मरण–पत्रको बुँदा–७ अनुसार तराईका किसान(श्रमशक्ति)लाई नेपालको गुलाम बन्नै प¥यो र अन्यलाई सम्पति त्याग गरी मजदूर वा भिखारी भएर कम्पनीको क्षेत्रमा बस्न सक्ने अर्थात अन्य तराईवासीहरुलाई पनि स्मरण–पत्रको बुँदा –७ को शर्त अनुसार विवश भएर नेपालको गुलाम बन्नु प¥यो’ अध्यक्ष गोइतद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ ‘ ०८ दिसम्वर, १८१६ तराई र तराईवासीहरुलाई ब्रिटिश ईष्ट इण्डिया कम्पनीद्वारा नेपालको गुलाम बनाउँने ‘दिन’ अगामी ०८ दिसम्वर २०१६ को २००(दुई सय) वर्ष पुरा हुन गई रहेको छ ।’
जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)को तेश्रो केन्द्रीय समितिको बैठकले ०८ दिसम्वर, २०१६ तदानुसार २३ मंसिर, २०७३ लाई ‘कालो दिन’ घोषण गर्दै सो दिन ‘तराई बन्द’ गर्ने निर्णय गरेको जनार्ईएको छ । २०७३, मंसिर २३ गते ‘तराई बन्द’ भव्य र शानदार रुपले सफल पार्न सम्पूर्ण तराईका मूल निवासिहरुलाई आह्वान गर्दै मजदूर, किसान, युवा, विद्यार्थि, राजनीतिक दल, नगरिक समाज, बौद्धिक समुदाय, शैक्षिक संस्थान, औद्योगिक–व्यापारिक प्रतिष्ठान, यातायात व्यवसायी, रिक्सा चालक संघ संगठन आदिलाई अपील गर्ने निर्णय गरेको छ ।
तराई बन्दको व्यापक प्रचार–प्रसारको लागि छापा, विद्युतीय, इलेक्ट्रोनिक लगायतका सबै सञ्चारमाध्यमको उपयोग गर्ने, अपील, हातेपर्चा वितरण र भित्ते लेख्न समेत गर्ने निर्णय भएको जनाईएको छ ।
‘नेपाल’ विश्वमा अति भ्रष्टाचार हुने मुलुक अन्तर्गत पर्ने गरेको भन्दै तराईमा नेपाली शासनको कारण भ्रष्टाचार अत्यन्त भयावह र कहालीलाग्दो तराई दिन प्रतिदिन अद्योगतिर लाग्दै गएरहेको जनाईएको छ । चोरी, डकैती, हत्या आदि जस्तै भ्रष्टाचार पनि सामाजिक अपराध भएकोले  केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको दर्जामा राख्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकले शहीद परिवार, बन्दी परिवार, राजनीतिक र फौजी फाँटका कार्यकर्ताहरुको समस्या र आर्थिक विषयमा कैयौं महत्वपूर्ण निर्णयहरु लिएको अध्यक्ष गोइतले जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।