• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एमपिएल बोर्डद्वारा धन्यवाद व्यक्त

राजविराज, १४ कार्तिक । एमपिएल बोर्डले मधेश प्रिमियर लिग सफलतापूर्वक सम्पन्न गराउनमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिएका छन् ।
बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै मधेश प्रिमियर लिगको दोस्रो संस्करण सफलतापूर्वक सम्पन भएको भन्दै सफलताकालागि सहयोग पुयाउने सम्पूर्ण जनसमुदाय, उद्योगी, विद्यार्थी, युवा,राजनैतिक दल, सुरझाकर्मी, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीलगायत सम्पूर्ण जनसमुदायलाई बोर्डले आभारसहित धन्यवाद व्यक्त गरेको छ । ‘हामी अहिले कोपिला नै हौं र मधेशको क्रिकेटलाई अगाडि लैजान आउँदो वर्षहरुमा पनि हामीलाई सल्लाह सुझाव एंवम सहयोगको आवश्यकता हुनेछ’ विज्ञप्मिा भनिएको छ ‘केही दिनदेखी बोर्डमाथि हमला भैरहेको छ यो कसैद्वारा हामीलाई जिम्मेवरी दिएको, धोखा दिएको जस्ता कुराहरु प्रेस विज्ञप्ति र सोसल मिडियाहरुमा देखिन आएको छ तर हामीसँग आवद्ध जनमानसलाई यही प्रेस विज्ञप्तिबाट सुचित गर्न चाहन्छौं कि यो एक विशुद्ध इन्जिनियरहरुद्वारा सञ्चालित क्रिकेट आयोजना हो र यसलाई अगामी साल पनि हामी नै एमपिएल बोर्डद्वारा सञ्चालन गर्ने छौं ।’
गतवर्ष समेत आफूहरुले एमपिएलको पहिलो संस्करण सञ्चालन गरेको र यस वर्ष मेसुले एमपिएल बोर्ड गठन गरि आयोजना गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । मधेश र मधेशको क्रिकेटकोलागि आफूहरु प्रतिवद्ध रहेको जनाईएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ ‘एमपिएल बोर्ड कसैको निजी सम्पत्ति होइन, यो बोर्डद्रारा कसैलाई उद्घाटन या समापन गराउँदैमा त्यो पार्टी वा अतिथिको हो भन्ने बुझनु गलत हो, बोर्डको आफनै सोच र निर्णय गर्ने क्षमता छ, मधेश प्रिमियर लिग कसैद्वारा हामीलाई जिम्मेवारी दिएको होईन मेसु आफै स्वतन्त्र सङ्गठन हो र एमपि पनि मेसुद्वारा नै गठन गरिएको जानकारी गराउन चाहन्छौं ।’