• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हुक्कापाती शुरुरुरुः लक्ष्मी पूजा गरेर मधेशमा हुक्कापाती मनाईदै

हुक्कापाती शुरुरुरुः लक्ष्मी पूजा गरेर मधेशमा हुक्कापाती मनाईदै
राजविराज, १४ कार्तिक । आइतवार साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा–आजा गरेर दिपावली अर्थात दियाबाती पर्व मनाइँदैछ ।
आ–आफ्ना घर वरिपरि सरसफाइ गरी बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा घरमा धन्यधान्यको प्राप्ति हुने जनविश्वास रहेको छ । घरघरमा दीयो बाल्नुका साथै मधेशमा हुक्कापाती खेल्ने गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटी तथा पूजास्थलसम्म लक्ष्मीको पाइला अङ्कित समेत गरिन्छ ।hukapati
लक्ष्मीपूजाका दिन हिन्दुधर्मावलम्बीहरुले लक्ष्मीको तस्विर तथा माटाको मूर्ती बनाएर पूजाआजा गरिन्छ । दिपावलीकै अवसरमा विभिन्न स्थानहरुमा भव्य सजावटका साथ मूर्ती बनाउनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । गत वर्ष लामो बन्दका कारण खासै उत्साह नरहे पनि यसवर्ष भने दिपावली पर्वमा रौनकता देखिएको छ । सप्तरीसहित मधेशका जिल्लाका बजारहरुमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति आओस् भन्ने कामनाकासाथ नाङ्लो ठटाउँदै प्रवेश गर्ने गरिन्छ । दिपावलीको रातीलाई सुखरात्रि पनि भन्ने गरिन्छ । मधेशमा यस विषयमा ‘खाय पिबएलऽ सुकराती, डङ्गबैल’ खढसुप’ भन्ने कहवी (भनाइ)लोकप्रिय छ ।
लक्ष्मी पूजा गरिसकेपछि पहाडी जिल्लाहरुमा दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन गाईको समेत पूजा गर्ने परम्परा रहेको छ । मधेशमा भने लक्ष्मीपूजाका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गरेर रातभरी जाग्राम बस्ने गरिन्छ ।
सोमवार गोवद्र्धन पूजा तथा मङ्गलवार भाइटीका ‘भरदुतिया पर्व मनाईदैछ ।