• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हजारौं नेपालीको लाश विदेशमा छ, कतिलाई ल्याउने ?

हजारौं नेपालीको लाश विदेशमा छ, कतिलाई ल्याउने ?

एक महिनादेखि साउदीमा परेको आफ्नो भाइको मृत शरीर नेपाल ल्याउनलाई चारैतिर सरकारी निकायको चक्कर लगाउंदै छ मृतक शत्रुधन साहको भाइ गरिवी साह । यहि क्रममा गरिवी साह आफ्ना केहि मित्रको साथमा पराष्ट्रमन्त्रालयको कन्सुलर सेवा विभाग (त्रिपुरेश्वर) पुगेको थिए । त्यहाँ एक उच्च अधिकारीले यसो भन्यो ‘विदेशमा हजारो नेपालीको लाश अलपत्र परेको छ, कतिलाई ल्याउने? तिमी संग पैसा छ भन्ने भन्न ! हामी पहल गरि दिने छौँ ।’bidesh-ko-pida-1
हिजो रियाज साफीसँग मृतक शत्रुधन साहको घर ढल्केवर पुगेको थिएँ र परिवारको सदस्यसँग कुरा हुँदा यी कुराहरुको जानकारी भयो । केहि हप्ता काठमाडौँ बसेर दाइ गरिवी साह सम्बन्धित निकायहरुमा प्रयाश गरे तर कतै बाट कुनै उपाय नलागेपछि र आर्थिक भार परेपछि घर फर्केका छन् । पराष्ट्रमन्त्रालयको कन्सुलर सेवा विभाग (त्रिपुरेश्वर)ले साउदीमा रहेको नेपाली दुतावासलाई मृत शरीर ल्याउने जिम्मेवारी सरकारको रहेकोले उक्त विषयमा पहल गर्न पठाएको पत्र गरिवी साहलाई दिएको छ । कम से कम यो काम सन्तोषजनक भएको छ तर मृत शरीरलाई ल्याउन चाहिने रकमको व्यवस्था भएको छैन ।
विदेशी रोजगारमा जाने हरेक नेपालीको जीवन विमा गरिएको हुन्छ जसको अवधि २ वर्ष हुन्छ । मृत शत्रुधन साहको सबै कागजात देख्दा उनी साउदी गएको २ वर्ष भित्र नै मृत्यु भएको छ, तसर्थ विमा रकम पनि पाउने पनि कतै समस्या छैन तर वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सचिवालयले पहल गर्न ढिलाई गरेको गुनासो गरिबी साहको छ । पराष्ट्रमन्त्रालयको कन्सुलर सेवा विभाग (त्रिपुरेश्वर) र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सचिवालयमा पहल भयो भन्ने मात्र शत्रुधन साहको मृत शरीर चाँडो घर ल्याउन सकिन्छ ।
गरिवी साहले जानकारी गराए अनुसार भाइ शत्रुधनले घटना भएको एकदिन पहिला फोन गरेर घर बनाउनलाई नेपाली ३ लाख पठाउने कुरा गरेको थियो तर पछि साउदीमा शत्रुधनको ब्यागबाट मात्र ३ हजार ५ सय रियाल भेटिएको थियो । राती मोबाइलमा फिल्म हेरिरहेको र विहान ३ बजेको समयमा अचनाक हृदयघातबाट भाईको मृत्यु भएको समाचार अर्को दिन बेलुका ४ बजे ढल्केवरकै साउदीमा रोजगारीमा गएका विजय साहले गराए । शत्रुधनसँग करिव १२ हजार रियाल हुनु पर्ने तर मात्र ३ हजार ५ सय रियाल भेटिएको हुनाले परिवारजन्यले यस घटनाको छानबिन पनि चाहन्छ तर यसबारे कसरी पहल गर्नेबारे कुनै जानकारी नरहेको बताए ।
शत्रुधन साहको परिवारले सबै सम्बन्धित कागजातको प्रतिलिपि मलाई दिएको छ, पहलकोलागि कसैलाई चाहियो भन्ने कृपया सम्पर्क गर्नु होला ।सामाजिक अभियन्ता सरोज रायको फेसबुक वालबाट ।

bidesh-ko-pida-2