विराटनगर, १४ कात्तिक । पूर्व क्षेत्र अन्तर्गत झापा, मोरङ र उदयपुरमा भएको आगलागीबाट ५४ लाख ५० हजार वरावरको क्षति भएको छ ।
झापाः झापाको दमक–१९ स्थित तेजनाथ दाहालको घरमा आज बिहान विद्युत सर्टभइ आगलागी भएको छ । बिहान ४ बजेतिर सिटी सफारी चार्ज गर्ने क्रममा अचानक विद्युत सर्टहुँदा दाहालको टिनको छानो भएको एकतले घर तथा नगद २० हजार, सिटी सफारी, कम्प्यूटर, टिभी, सुन–चाँदी लगायत घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५० लाख वरावरको क्षति भएको छ । आगलागीमा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मोरङः मोरङको विराटनगर–५ स्थित छनकलाल गडेरीयाको भान्सा घरमा शनिबार आगलागी भएको छ । राती १२ बजे अचानक भएको आगलागीबाट उनको काठपात भडावर्तन गरी अन्दाजी २ लाख वरावरको क्षति भएको छ । आगालागीमा दमकल, स्थानीय प्रहरी र स्थानियवासीको प्रयासमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उदयपुरः उदयपुर नगरपलिका–२ स्थित बमबहादुर कार्कीको घरमा सोही ठाउँका अनिल गुप्ताले चलाएको कपडाको गोदाममा विद्युत सर्टभई आगालागी हुँदा २ लाख वरावरको क्षति भएको छ ।
दिउँसो १२ बजेतिर अचानक लागेको आगोले गोदाममा रहेको सम्पूर्ण समान जलेर नष्ट भएको छ । आगलागीमा दमकल, स्थानीय प्रहरी तथा स्थानियवासीको सहयोगमा नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।